सबै कर्जाको दुरुपयोग मात्र भएको छ भन्न मिल्दैन: गर्भनर अधिकारी


काठमाडौँ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले सबै कर्जा दुरुपयोगमात्र भएको छ भन्न नमिल्ने बताएका छन् ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेपछि गरेको पत्रकार सम्मेलनमा सबै कर्जा दुरुपयोगमात्र भएको भन्ने पक्षमा नरहेको बताएका हुन् । उनले भने, कर्जाको दुरुपयोग नभएको भन्ने पनि होइन, सबै सदुपयोग भएको छ भन्ने पनि होइन । हामीले कार्बाही गरेका छौं । कर्जाको दुरुपयोग मात्र दुरुपयोगमात्र भएको छ भन्नेमा हामी छैनौं ।”

उनले कर्जा दुरुपयोग भएको पाए त्यसबाट ब्याज समेत असुली भएर राज्य कोषमा जाने र बैंकलाई पनि कार्बाहीको दायरामा पर्ने बताए ।