प्रभु क्यापिटल लोयल्टी एण्ड रिफरल टिकटक प्रतिस्पर्धा सञ्चालनमा


काठमाडौँ । मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले आफ्नो सेवाग्राहीका लागि सेवा सँगै लोयल्टी पोइन्टस् अफर साथै रिफरल स्किम लन्च गरेको छ । यसै परिप्रेक्ष्यमा प्रभु क्यापिटल लिमिटेडले “प्रभु क्यापिटल लोयल्टी एण्ड रिफरल टिकटक कम्पिटिसन” संचालनमा ल्याएको छ । यो योजना श्रावण मसान्त सम्म संचालन हुने कम्पनीले जनाएको छ ।

यस यस प्रतिस्पर्धा अन्तर्गत सहभागीहरुले प्रभु क्यापिटल लिमिटेडको टिकटक अकाउन्टमा राखिएको जिंगलको मौलिक आवाजमा टिकटक बनाई ह्यासट्याग प्रभु लोयल्टी रिफरल राखी सार्वजनिक गर्नुपर्ने उल्लेख गरिएको छ । सबै भन्दा धेरै लाइक्सको आधारमा विजेता छनौट गरिने र विजेताले रु १० हजार जित्न सकिने क्यापिटलले जनाएको छ ।