‘वित्तीय पहुँचको आधारमा लघुवित्तहरूको मर्ज गर्छौ’


काठमाडौँ । नेपाल राष्ट्र बैंकले लघुवित्त मर्जर र प्राप्तिलाई प्रोत्साहनलाई निरन्तरता दिएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ मार्फत २०८१ असार मसान्तसम्म एकीकृत कारोबार संचालन गरेमा हाल भएका सुविधाहरू उपलब्ध हुने गरी लघुवित्त वित्तीय संस्थाहरूको मर्जर र प्राप्तिलाई प्रोत्साहन गरिने जनाएको छ ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती प्रसाद नेपालले विगतमा बैंक तथा वित्तीय संस्था र लघुवित्तलाई मर्जर र प्राप्तिमा दिएको सुविधाको आधारमा केही समय भित्र परिपत्र जारी गर्ने बताए । उनले भने,”नेपाल राष्ट्र बैंकको अपेक्षा ३० देखि ३५ भित्र रहोस् भन्ने छ । हाल लघुवित्तहरु मर्जर प्राप्ति भएर ५७ ओटामा झरेका छन् । त्यसलाई झारेर यही आर्थिक वर्षसम्मको अन्त्यमा ४० देखि ४५ सम्ममा झरिसक्छ भन्ने हामीले अपेक्षा गरेका छौं ।”

उनले क्षेत्रीय र प्रदेशस्तरको १ वा २ प्रदेशमा रहने र राष्ट्रियस्तरमा रहने गरी विभिन्न श्रेणीमा रहेर लघुवित्तहरु चलाउनुपर्छ भन्ने मान्यतामा राष्ट्र बैंक पुगेको बताए । उनले लघुवित्तहरुलाई फोर्स मर्जरमा भन्दापनि कतिले वित्तीय पहुँचहरु पुग्छ भन्ने हिसाबले मर्जरमा प्रोत्साहन गर्ने बताए ।

उनले भने, “कार्यकारी निर्देशक नेपालले राष्ट्रियस्तरका संस्थाभन्दा प्रदेशस्तरका संस्थामा जानको लागि यसको प्रदेशमा शाखाहरु किनबेच गर्ने, ऋणीहरु किनबेच गर्ने, अर्को संस्थामा गएर प्रदेशलाई मर्ज गराउने यो खालको आवश्यक निर्देशन पनि अवश्यकता अनुसार क्रमश जारी गर्दैै जान्छौं ।”