जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्त मर्जरमा जाने सम्झौता


काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र किसान लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जरमा जाने भएका छन् ।

दुवै संस्थाबिच हिजो (साउन ९ गते मंगलबार) मर्जरमा जानेसम्बन्धी सम्झौता भएको नेपाल स्टक एक्सचेन्जलाई जानकारी गराएका छन् । दुवै संस्थाका प्रतिनिधिहरुले मर्जर सम्झौतामा हस्ताक्षर गरेका छन् ।

संस्थाले नेपाल धितोपत्र बोर्डको धितोपत्र दर्ता गरिएका संगठित संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ती सम्बन्धी निर्देशिका २०७९ को दफा ३९१० मा भएको व्यवस्था अनुसार संस्थाका आधारभुत शेयरधनीहरुको सोही निर्देहिकाको दफा ७ मा भएको व्यस्था अनुसार साधारण सभा सम्पन्न नभएसम्मका लागि सेयर कारोबार रोक्का राख्ने व्यवस्था गरिदिन समेत अनुरोध गरेको छ ।

किसान लघुवित्तको कैलालीको लम्चीचुहा–४मा रजिस्टर्ड कार्यालय रहेको छ। जाल्पा सामुदायिक लघुवित्तको भने रुपन्देही जिल्लाको बुटवल–११मा रजिस्टर्ड कार्यालय रहेको छ।