नेप्सेको गिरावट कायमै, कारोबार रकम साढे २ अर्बमा खुम्चियो


काठमाडौं । साताको कारोबारको चौथो दिन सेयरबजारको गिरावट कायमै रहेको छ । बुधबार नेप्से परिसूचक ८.११ अंकले घटेर २१५६.२० अंकमा पुगेको छ ।

त्यस्तै सेन्सेटिभ परिसूचक पनि २.०५ अंकले घटेर ४०९१.११ अंकमा झरेको छ ।

बुधबार नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ३ वटा उपसमुहको १० वटा उपसमुहको सेयरमूल्य घटेको छ ।

आज कारोबार रकमका आधारमा ग्लोबल आइएमआई बैंकको प्रमोटर सेयर अग्रस्थानमा रहेको छ ।

बुधबार नेप्सेमा किसान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेुरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ६.९६ प्रतिशतले बढेको छ ।

त्यस्तै आजको दिन जाल्पा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ६ प्रतिशतले घटेको छ ।

कुल २६० कम्पनीको ७३ लाख ९९ हजार ४ सय ७४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ४३ करोड २५ लाख ८ हजार ७ सय ६९ रुपैयाँको कारोबार भएको छ ।