हिताचीको वासिङ मेसिन, रेफ्रिजेरेटर र राइस कुकर नेपाली बजारमा


काठमाडौँ । युनिभर्सल इलेक्ट्रोकम प्रा.लिले थप चारवटा विशेष होम अपलायन्सको उत्पादनका विभिन्न प्रकारहरु नेपाली बजारमा ल्याएको छ । युनिभर्सल इलेक्ट्रोकम नेपालको लागि हिताची होम अपलायन्सको नेपालको आधिकारिक वितरक हो ।

हिताचीका नयाँ उत्पादनहरुको उद्घघाटन संयुक्त रुपमा अर्सेलिक हिताचीका एक्सपोर्ट सेल्स हेड एल्भिन थाम, यूनिभर्सल इलेक्ट्रोकमका कार्यकारी निर्देशक सञ्जय अग्रवाल र महाप्रबन्धक आयास जोशीद्वारा अनावरण गरिएको छ ।

कम्पनिले नवप्रवर्तन र ग्राहकको खुशीको लागि आफ्नो प्रतिबद्धता जनाउँदै, नवीन प्रविधि युक्त दुई वासिंग मेसिन, एक डबल–डोर फ्रिज र राइस कुकर सहित चार वटा नयाँ हिताचीका उत्पादनहरू बजारमा भित्राएको जनाएको छ ।

नवीन प्रविधि युक्त वासिंग मेशीन

कम्पनीका अनुसार हिताची वासिंग मेसिनमा प्रयोगकर्ता–मैत्री डिजाइन को साथमा साथमा उन्नत प्रविधिको संयोजन सहितको सुविधाहरू समावेश गरिएको छ । यस वासिंग मेसिन दुई ओटा भिन्न मोडलहरुमा उपलब्ध रहेका छन् ।

यी दुवै मोडेलहरुमा फुल अटोमेटिक र फ्रन्ट–लोडिङको प्रभावकारी विशेषता रहेको कारण झन्झटमुक्त लुगा धुने अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । साथमा स्टीम फंक्शन, ट्याङ्गल–फ्री फिनिश डिजाइन, र “एड गार्मेन्ट ड्युरिङ वाश” सुविधाको साथ, लुगा धुन अझै सजिलो हुनेछ ।

यी दुवै फ्रन्ट–लोडिङ, पूर्ण स्वचालित वासिंग मेसिनहरू, नवीन प्रविधि र प्रयोगकर्ता–केन्द्रित सुविधाहरूको संयोजनको साथ डिजाइन गरिएको छ । जसले गर्दा कपडा धुने अनुभवलाई पुनः परिभाषित गर्नेछ । यी वासिंग मेसिनहरूले दाग–धब्बा हटाउने (क्तबष्ल इउतष्mष्शबतष्यल), प्रि–वास र बेबी केयर विकल्पहरू सहित १६ विभिन्न प्रोग्रामहरूको साथ लुगा धुने मागहरूको विस्तृत दायरा पूरा गर्छन् । अटो डोर क्लीन विशेषताले सफाई र स्वच्छता कायम राख्छ, जबकी एन्टी–रिङ्कल विशेषताले कपडालाई पूर्ण रूपमा इस्त्री गरेको सरह मुलायम र जुनै समयमा लगाउनको लागि तयार राख्छ ।

रेफ्रिजरेटर

हिताची डबल–डोर फ्रिज मोडेल एचआरटिएन५२७एमएफपिएसभिकेएच रहेको छ । यो रेफ्रिजरेटरमा २७५ लिटर क्षमता छ भएको यस फ्रिजले चिसो हावा वितरणको लागि राउण्ड एयर कुलिङ तथा गन्ध र ब्याक्टेरियाबाट छुटकारा पाउन ट्रिपल पावर फिल्टर जडित रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार फ्रिजमा तातो र स्क्र्याच–प्रतिरोधी टेम्पर्ड ग्लास शेल्फहरू पनि छन जसले गर्दा यी फ्रिजहरुको व्यावहारिकता र फैशनेबल अपीललाई थप बढाउँछ । यसमा रहेको प्रत्येक सेल्फहरुमा १०० के. जी. सम्मको भार थेग्न सक्ने क्षमता रहेको छ ।

राइस कुकर

राइस कुकर हिताचीको नयाँ उत्पादन हो । यसको उत्पादन खाना पकाउने दिनचर्यालाई अझै सहज र सजिलो बनाउन गरिएको हो । यो ८००–वाट को राइस कुकरमा १.८ लिटर क्षमता रहेको छ र यसमा रहेको थ्रिडी हिटिङ एलेमेन्टले जुनसुकै बेला चामल पाक्ने सुनिश्चित गर्ने जनाएको छ ।