अर्थमन्त्रालयले लघु वित्तीय संस्था विरुद्धको संघर्ष समितिसँग वार्ता गर्न बनायो समिति


काठमाडौँ । अर्थमन्त्रालयले लघु वित्तीय संस्था विरुद्धको संघर्ष समितिसँग वार्ता गर्न समिति बनाएको छ ।

अर्थमन्त्रालयका सहसचिव धनिराम शर्माले प्रेस विज्ञप्ती जारी गर्दै आन्दोलनरत पक्षले उठाएको लघुवित्त वित्तीय संस्था सम्बन्धी मागका विषयमा छलफल एवम् सम्वाद गरी समाधानका लागि पहल गर्न वार्ता गर्न गठन टोली बनाएको उल्लेख गरेको छ ।

अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन हेर्ने सहसचिवको संयोजकत्वमा गृहमनत्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल राष्ट्र बैंकका प्रतिनिधि रहेको वार्ता टोली गठन गरेको जनाइएको छ ।