नेपालको आर्थिक विकासको लागि नेपाल र जापानबिचको सम्बन्ध प्रगाढ बनाउनु पर्नेमा जोड


काठमाडाैँ । नेपालको पर्यटन तथा समग्र आर्थिक विकासको लागि नेपाल र जापानबीचको सम्बन्धलाई थप सुमधुर बनाउनु पर्नेमा दुवै देशका प्रतिनिधिले जोड दिएका छन् । जापानको विकास अभ्यासलाई अबलम्बन गर्न सके नेपालले पनि धेरै विषयमा प्रगती गर्न सकिनेमा समेत उनीहरुले जोड दिएका छन् ।

नेपाल र जापानको आपसी सम्बन्धलाई सुदृढ बनाउँदै नेपाल र जापानबिच पर्यटन तथा अन्य व्यवसायिक क्रियाकलाप बढाउने उद्धेश्यले होक्काइडो नेपाल बिजिनेस ग्रुप र जापानको ग्यास वान नेपाल प्रा.लि.को संयुक्त आयोजनामा बुढानिलकण्ठ स्थित डेक्काइदो फार्म हाउसमा आयोजित अन्तरक्रिया तथा अखण्ड दीप प्रज्वलन कार्यक्रममा उनीहरुले सो कुरामा जोड दिएका हुन ।

कार्यक्रममा पूर्व मन्त्री तथा नेकपा समाजवादीका सांसद किसान श्रेष्ठले जापानको विकासबाट नेपालले धेरै कुरा सिक्न सकिने बताए । उनले त्यहाँको प्रविधि र सीपलाई नेपाल भित्र्याउन सके त्यसले नेपालको समग्र विकासमा नै टेवा पुग्ने उल्लेख गरे।

रास्वपाका उपाध्यक्ष तथा सांसद डी.पी.अर्यालले नेपाल र जापानबीच लामो समय देखि सुमधुर सम्बन्ध रही आएको उल्लेख गर्दै जापानको पूँजी र प्रविधि भित्र्याउन पहल गर्नु पर्ने बताएका छन् ।

यस्तै नेपाल स्थित जापानीज दुतावासका काउन्सिलर ताकाहिरो तमुराले जापान सधैं नेपालको प्रगती र हित चाहने उल्लेख गर्दै नेपालको पर्यटन तथा अन्य विकासको लागि जापाज सधैं सकारात्मक रहेको बताए।

सो अवसरमा नेपालमा जापानको साइसान कम्पनि लिमिटेडको लगानी रहेको ग्यास वान नेपाल प्रा लि को संलग्नतामा होक्काइडो नेपाल बिजिनेस र ग्यास वान नेपाल प्रा।लि।को संयुक्त प्रयासमा बुढानिलकण्ठ स्थित डेक्काइदो फार्म हाउसमा अखण्ड सान्ति दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको थियो । उक्त दीप चौबिसै घण्टा १२ महीना नै बलिरहने होक्काइडो नेपाल बिजिनेस ग्रुपका संचालन अर्जुन अधिकारीले जानकारी दिए ।

होक्काइडो नेपाल बिजिनेस ग्रुप १७ वर्षसम्म जापानमा रही व्यवसायिक जिबन बिताएर नेपाली फर्की नेपालमा नै केहि गर्छु भन्ने भावनाले नेपाल फर्किएका अर्जुन अधिकारी सहितको समुहले संचालन गरेको व्यवसायिक समुह हो । यो समुहले सन् २०१७ देखि नेपालमा जापानिज खाना प्रर्वद्धन गर्दै काठमान्डौं बढुानिलकण्ठ, लाजिम्पाटमा होक्काइडो रामेन हाउस सहित नेपालका विभिन्न स्थानमा ७ वटा बिभिन्न जापानिज रेस्टुरेन्टहरु संचालन गर्दै आईरहेको छ ।

यस कम्पनीमार्फत् स्थापित रिसोर्ट र रेष्टुरेन्टले जापानी खानाका पारखीको सेवाका साथै १३० भन्दा बढि व्यक्तिलाई रोजगारी दिएको संचालन अर्जुन अधिकारीले बताए।