काठमाडौं । नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउन २१ अर्ब रुपैयाँ बढिको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ।
राष्ट्र बैंकले यही साउन १६ गतेदेखि २१ अर्ब १० करोड रुपैयाँ बराबरको २८ दिने, ९१ दिने र १८१ दिने ट्रेजरी बिल नवीकरण गर्न लागेको हो।
राष्ट्र बैंकले २८ दिनका लागि ८ अर्ब रुपैयाँ, ९१ दिनका लागि ८ अर्ब १० करोड रुपैयाँ र १८२ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिलको नवीकरण गर्नेछ। यी ट्रेजरी बिल क्रमशः भदौ १२ गते, कात्तिक १४ गते र माघ १६ गते परिपक्व हुनेछन्।
यी ट्रेजरी बिलको भोलि सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।
राष्ट्र बैंकले बोलकबोलमा सबैभन्दा बढी मूूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड गर्ने गर्दछ।
प्रतिक्रिया दिनुहोस्