रेमिट टू नेपाल मार्फत पठाएको पैसा अब ’सजिलो पे’ वालेटबाट पाईने


काठमाडौं । नेपालमा रेमिट्यान्स सेवा दिंदै आएको रेमिट टू नेपाल मार्फत विदेशबाट पठाएको पैसा अव सजिलो पे मोबाईल वालेटबाट झिक्न सकिने भएको छ । बुधवार रेमिट टू नेपालका जनरल म्यानेजर सन्तोष भेटुवाल र सजिलो पे पेमेन्ट सर्भिसेस प्रा. लि. की प्रमुख कार्यकारी अधिकृत रस्मिना रञ्जितले दुई कम्पनी विच रेमिट सेवा उपलब्ध गराउनेबारेको सझौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

यो सम्झौतापछि रेमिट टू नेपालमार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम(रेमिट्यान्स)को भुक्तानी सजिलो पे एप मार्फत पाउनेछन् । खाडी मुलुक, त्यस्तै जापान र युरोप बाट रेमिट्यान्स कारोबार अझै सहज हुने रेमिट टू नेपालले जनाएको छ । भेटुवालले छिटो र सुरक्षित रेमिट्यान्स सेवा उपलब्ध गराउने आफ्नो योजनामा सजिलो पे वालेटसँग सहकार्य गर्नपाउँदा खुसी व्यक्त गर्दै यसले रेमिट्यान्स सेवा झन् सजिलो हुने बिश्वास व्यक्त गरे । “छिटो र सुरक्षित रेमिट्यान्स सेवा अहिलेको आवस्यकता हो । यसमा सजिलो पे ले झन् सजिलो बनाउने छ,” उनले भने ।

त्यस्तै, सजिलो पे ले सहज भुक्तानीमा काम गर्दै आएकोले रेमिट टू नेपालसंगको सहकार्यले रेमिट्यान्स भूक्तानीमा अझै सहज हुने रञ्जितले बताईन् । “यसले विदेशमा रहेका नेपालीले पाठाएको पैसा सिधै पाउने ब्याक्तिको हात हातमा पुग्ने भएकाले आफ्ना प्रयोगकर्तालाई झनै सहज हुनेछ,” उनले भनिन् ।

यस्तै सजिलो पेका म्यानेजर प्रविण खत्रीले युटिलिटी पेमेन्ट सेवा दिंदै आएको कम्पनीले रेमिट कम्पनीको सहकार्यमा रेमिट सेवा समेत शुरू गरेकाले यस्ता अन्य सेवा थप्दै जाने बताए । यो सम्झौता पछि सजिलो पे का ३ लाख वढी प्रयोगकर्ताले यो सेवा पाउने उनले बताए । “हामिले सेवा विस्तरको क्रममा वालेटबाट शुरू गरेर रेमिटट्यान्स सेवा पनि जोडिएका छौं । एउटै प्लेटफर्मबाट धेरै सेवा दिने हाम्रो योजना छ,” उनले भने ।

त्यस्तै रेमिट टु नेपलका बिजनेस डेभलपमेन्ट एक्सुकेटिभ दिनेश चालिसेले आगामी दिनमा अन्य सेवामा समेत सजिलो पे संग थप सहकार्य गर्न सकिने विश्वस व्यक्त गरे ।