निर्माण व्यवसायीहरुको माग सम्बोधन गर्न परिसंघको अनुरोध


काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघको माग चाँडो सम्बोधन गर्न नेपाल उद्योग परिसंघ नेपाल सरकारलाई अनुरोध गरेको छ ।

उच्च ब्याजदर, न्युन माग, न्युन उत्पादन एवं रोजगारी कटौती, निजी क्षेत्रको घट्दो मनोबल तथा नयाँ लगानीका योजना स्थगनलगायतका चुनौतीहरुको सामना निजी क्षेत्रले गरिरहेको परिसंघले जनाएको छ ।

विद्यमान चुनौतीपूर्ण अवस्थामा निर्माण व्यवसायीहरुले निर्माण कार्य सम्पन्न गरेको भुक्तानी नपाउँदा त्यसको प्रत्यक्ष असर अर्थतन्त्रमा समेत परेकोभन्दै परिसंघले ध्यानाकर्षण गराएको छ ।

परिसंघले कूल गार्हस्थ उत्पादनमा निर्माण क्षेत्रको ठूलो योगदान र निर्माण व्यवसायीहरुका माग सुनुवाइमा ढिला हुँदा त्यसको असर समग्र अर्थतन्त्रमा पर्नेभन्दै सचेत बन्न अनुरोध गरेको हो ।