सुजुकी जिम्नी र फ्रोन्क्स नेपाली बजारमा, कति पर्छ मूल्य ?


काठमाडौँ । जापनीज ब्राण्ड सुजुकीका दुई एसयुभी जिम्नी र फ्रोन्क्स अब नेपाल अधिराज्यभरका सबै सुजुकी शोरुमहरूमा उपलब्ध हुने भएको छ। नेपालमा लामो समयदेखि प्रतिक्षा गरिएको सुजुकीका दुई एसयूभीहरू नारायणी अटो प्रा.लि. ले बालकुमारी स्थित साेरूममा लन्च गरेकाे छ ।

नेपालका लागि सुजुकी चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सिजी होल्डिङ्स अन्तर्गतको अटोमोटिभ डिभिजन सिजी माटोक्रप तथा सिजी नेक्स्डजेनले सो एसयुभीहरू बुकिङ असार २९ गतेदेखि नै खुला गरेको थियो । नेपाली बजारमा सुजुकी जिम्नीको सुरुवाती मूल्य ५९ लाख ९९ हजार रुपैयाँ र फ्रोन्क्सको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ रहेको छ।

कम्पनीका अनुसार ५–ढोके सुजुकी जिम्नी नेपाल र अन्तर्राष्ट्रिय बजारमा सबैभन्दा प्रतिक्षित कारमध्ये एक हो । यो मोडलको माग विश्वभर नै निकै रुचाइएको छ । सुजुकी जिम्नी अल्टिमेट अफरोड एसयूभी हो, जो हेभी–ड्युटी ल्याडर फ्रेम चेसिसमा निर्मित छ र यसमा पर्याप्त बडी एङ्गल र ग्राउन्ड क्लियरेन्सको साथ डिजाइन गरिएको छ ।

एसयूभी एक समर्पित उन्नत फोर ह्विल ड्राइभ प्रणाली, अल ग्रिप प्रो का साथ आउछ भने ब्रेक लिमिटेड स्लिप डिफरेंन्सियल र थ्री लिंक रिजिड एक्सल सस्पेन्सन जस्ता अफरोड सुविधाहरू समावेश गरेकाे कम्पनीले जनाएकाे छ ।

अफ–रोड बाटोको लागि उत्तम हुने गरी डिजाइन र निर्मित जिम्नीमा २२.६८ सेमी स्मार्टप्ले प्रो इन्फोटेनमेन्ट सिस्टम, ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, अटो टेम्परेचर कन्ट्रोल,हिल डिसेन्ट कन्ट्रोल जस्ता धेरै आधुनिक आरामदायी र सुरक्षित सुविधाहरू रहेको कम्पनीको दाबी छ।

नयाँ सुजुकी फ्रोन्क्स नयाँ जेनेरेसनको स्टाइल र प्रिमियम मिश्रीत एसयुभी हो। ‘द फेस अफ न्यु एसयुभी’ स्लाेगन दिइएकाे सुजुकी फ्रोन्क्स निकै आकर्षक र स्पोर्टी देखिन्छ भने यसमा रहेको अत्याधुनिक प्रविधिहरूले आरामदाई र सुरक्षित अनुभूति प्रदान गर्ने कम्पनीले जनाएको छ।

प्रिमियम डिजाइन, नयाँ युगको फिचर्स, अत्याधुनिक सुरक्षित सुविधाहरूले सुसज्जित फ्रोन्क्सले आधुनिक नेपाली ग्राहकहरूको लागि सम्पूर्ण माग आपूर्ति गर्ने विश्वास कम्पनीको छ।