नेशनल लाइफको बिमा सचेतना साईकल र्‍याली सम्पन्न, सय जनाको सहभागिता


काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि. ले पोखरामा बिमा सचेतना प्रवद्र्धन प्रयोजनका लागि साईकल र्‍याली सम्पन्र गरेकाे छ ।

बिमा सचेतनाका लागि आयोजना गरिएको उक्त र्‍यालीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री सहित नेपाल बिमा प्राधिकरण, गण्डकी प्रदेशका प्रदेश प्रमुख केशव प्रसाद दाहल, प्राधिकरणका अन्य कर्मचारी लगायत कम्पनीका विभागिय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुख तथा मार्केटिङ कर्मचारीहरू गरी करिब १०० जनाले सहभागिता रहेको थियो ।

पोखराको बाराहीघाट बाट शुरु भएको र्‍यालीले हल्लन चोक, जीरो किलोमिटर, सभागृहचोक, चिप्लेढुंगा, बिरौटा, राष्ट्रबैंक चोक हुँदै करिब १० किलाेमिटर यात्रा पुरा गर्दै पुनः बाराहीघाटमा र्‍यालीको समापन गरिएको थियो ।

उक्त साईकल र्‍यालीबाट बिमा सचेतना प्रवद्र्धन हुनेछ भन्ने कम्पनीले अपेक्षा लिएको छ ।