मंगलबार २८ अंकले घट्यो नेप्से परिसूचक


काठमाडौँ । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक २८.४० अंकले घटेको छ । नेप्से परिसूचक २०१९.८५ बिन्दुमा बन्द भएको छ । मंगलबार सबै समुहको उपसूचक घटेको छ ।

मंगलबार आइएमई लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। आइएमईको प्रतिकित्ता ५८९ रुपैयाँमा १७ करोड ८९ लाख ३२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो।

सबैभन्दा बढी सेयर मूल्य ग्लोबल आइएमई बैंकक डिबेन्चर र गोर्खा फाइनान्स रहेको छ । । कम्पनीको सेयर मूल्य क्रमश ९ प्रतिशत र ८.२४ प्रतिशतले घटेको छ ।

मंगलबार सबैभन्दा बढी स्वरोजगार लघुवित्त र नेपाल रिपब्लिक मिडियाले कमाएका छन् । स्वरोजगार लघुवित्तको १० प्रतिशतले बढेको छ भने नेपाल रिपब्लिक मिडियाको सेयरमूल्य सर्वाधिक ९.९७ प्रतिशतले बढेको छ ।कम्पनीको सेयर मूल्य क्रमश ७५९ रुपैयाँ र ३३३.१० रुपैयाँमा पुगेको छ ।

मंगलबार २६५ कम्पनीको ४८ लाख ६० हजार ७४१ कित्ता सेयर कारोबार भएको छ । नेप्सेका अनुसार एक अर्ब ७३ करोड ७० लाख १४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।