काठमाडौँ । अल्टिमा लाइफस्टाइलले मेला आयोजनाको घोषणा गरेको छ । वेरेवल एसीसोरीज (पहिरन वस्तु) उत्पादनको नेपाली ब्रान्डले अल्टिमा एक्सचेन्ज मेला आयोजनाको घोषणा गरेको हो । अल्टिमाले अडियो पे्रमीहरुका लागि २– दिने महोत्सव आयोजना गर्ने जनाएको छ ।
यो मेला समुदायसँग जोडिने र अडियोप्रतिको माया साझा गर्ने अवसर रहेको जनाएको छ । सुन्धारामा रहेको सिभिल मलको पहिलो तल्लामा बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म र हुकुट स्टोर, न्यूरोडमा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म साउन २६ र २७ गते हुने उल्लेख गरिएको छ ।
यस मेलामा अल्टिमाले ग्राहकहरूलाई आफ्ना पुराना वायर भएका इयरफोनहरू र अडियो उपकरणहरू अत्याधुनिक प्रविधियुक्त इयरफोन अल्टिमा एटम ८२० सँग साट्न सकिने जनाइएको छ ।
कम्पनीका अनुसार यस टप अफ द लाइन टु« वायरलेस स्टेरियो टि डब्लु एसरु.१,१९९ मा उपलब्ध हुने छ ।
प्रतिक्रिया दिनुहोस्