लम्पी स्किन महामारी घोषणाको माग गर्दै अखिल नेपाल किसान महासंघद्वारा सबै पालिकामा ज्ञापनपत्र


काठमाडौँ । अखिल नेपाल किसान महासंघले पशुहरूमा लागेको लम्पी स्किनलाई महामारी रोगको रुपमा घोषणा गर्न माग गर्दै देशभरीका सबै पालिकामा एकसाथ ज्ञापन पत्र बुझाएको छ ।

पछिल्लो समय लम्पी स्किन व्यापक रुपमा फैलिदै गएपछि महासंघले आज देशभरका सबै पालिकामा ज्ञापन पत्र बुझाएको हो । लम्पी स्किन रोगले देशभर ५० हजार भन्दा धेरै पशुको मृत्यु र ११ लाख संक्रमित झण्डै रु. ५ अर्बभन्दा माथिको क्षति भैसकेको महासंघले जनाएको छ ।

पालिकाहरूमा बुझाइएको ध्यानकर्षण पत्रमा लप्पी स्किन रोगलाई महामारीको घोषणा गरी रोगको नियन्त्रण, यस रोगबाट पशुवस्तुमा क्षति पूगेका किसानलाई राहत, क्षतिपूर्ति र पूर्नस्थापना र लागि प्याकेज कार्यकक्रम अविलम्व घोषणा गर्न माग गरिएको छ ।

महासंघले बुझाएको ज्ञापनपत्रमा लम्पी स्किन रोगलाई महामारीको रुपमा घोषणा गर्न, पशुवस्तुमा क्षति पूगेका किसानलाई राहत, क्षतिपूर्ति र पूर्नस्थापनाको लागि प्रयाप्त बजेट सहितको प्याकेज कार्यकक्रम अविलम्व घोषणा गर्न माग गरिएको छ ।

ज्ञापन पत्रमा‘ रोग नियन्त्रणका लागि प्रयाप्त भ्याक्सिन र प्राविधिकको व्यवस्था द्रुतगतिमा किसानलाई उपलब्ध गराइयोस’ भनिएको छ ।

पालिकाहरूलाई लम्पी, स्किन रोगबाट मरेका पशुहरुको वास्तविक लगत सङ्कलन गर्न, पशुमा क्षति पुगेका विमित किसानलाई अविलम्ब बिमा रकम भुक्तानीका लागि पहल गर्न, क्षति भएका पशुपालक किसानहरूको कर्जा मिनाहा गर्न पनि माग गरिएको महासंघका केन्द्रीय महासचिव बाबुराम थापाले जानकारी दिए ।

उनका अनुसार पशुपालन व्यवसायमा लप्पी स्किन रोगबाट क्षति पुगेका किसानलाई सहुलियत दरको कर्जा सरल बिधिबाट किसानको आवश्यकता अनुसार उपलब्ध गराउन तथा बाढी, पहिरो, डुवानबाट क्षतिपूगेका किसानलाई राहत र पूनस्र्थापनाका लागि बिशेष कार्यक्रम ल्याउन समेत माग गरेको छ ।