काभ्रेको शंखुमा वृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न


काठमाडौँ । काभ्रेको शंखुमा वृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

धुलिखेल–१२ शंखुमा रोटरी क्लब अफ् काभ्रे बनेपाको आयोजनामा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शंखु हेल्थ पोष्ट धुलिखेल काभ्रेले समन्वय गरेको स्वास्थ्य शिविरमा नागरिक सामुदायिक टिचिङ हस्पिटल भक्तपुर र आईसीडी नेपाल,काभ्रेले प्राविधिक सहयोग गरेका थिए ।

स्वास्थ्य शिविरमा मुटुरोग विशेषज्ञ सेवा,स्त्रीरोग विशेषज्ञ सेवा, दन्त सेवा, प्रयोगशाला सेवा,निशुल्क औषधि वितरण एवं अन्य सेवाहरू प्रदान गरिएको नागरिक हस्पिटलकी नर्सिङ प्रमुख गंगा पौडेलले जानकारी दिइन् ।

नागरिक अस्पतालबाट स्वास्थ्य शिविरका लागि शिविरमा निःशुल्क औषधि वितरण एवं अन्य सेवाहरू प्रदान गरिएको थियो । शिविरलाई शंखेएवरी नारी चेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेड र श्री महालक्ष्मी कृषि सहकारी संस्था लिमिटेडले सहयोग गरेका थिए ।

शिविरमा १ सय ५० जनालाई सेवा प्रदान गरिएको नागरिक सामुदायिक टिचिङ हस्पिटलका अपरेशन म्यानेजर डा. विवेक श्रेष्ठले जानकारी दिए ।