अर्थमन्त्रीको जिज्ञासा: अर्थतन्त्र चलायमान बनाउन बैंकिङ क्षेत्रले कसरी सहयोग गर्न सक्छ ?


काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र चलायमान बनाउन बैंकिङ क्षेत्रले कसरी सहयोग गर्न सक्छ ? भन्ने जिज्ञासा बैंकहरुको प्रमुख कार्यकारी अधिकृतहरुलाई राखेका छन् ।

आइतबार मात्रै निजी क्षेत्रका तीनवटा संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल राष्ट्र बैंकका गर्भनर र नेपाल बैंकर्स संघसँग छलफलमा मन्त्री डा. महतले अर्थतन्त्र चलायमान बनाउन बैंकिङ क्षेत्रले कसरी सहयोग गर्न सक्छ ? त्यसका लागि नेपाल राष्ट्र बैंक र सरकारले के सहयोग गर्नुपर्ने हो ? भनी सीइओहरुलाई जिज्ञासा राखेका हुन् ।

मन्त्री डा. महतले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ)हरुलाई अर्थमन्त्रालयमा छलफलका बोलाएर समग्र बैंकिङ प्रणालीमा देखिएको समस्या र अहिले तरलता सहज हुँदा पनि कर्जाको माग बढ्न नसक्नुको कारणबारे जानकारी लिएका छन् ।