मर्जर वा प्राप्ति प्रक्रियामा रहेका लघुवित्तहरुलाई थप सहुलियत


काठमाडौँ । नेपाल राष्ट्र बैंकले गाभ्ने गाभिने वा प्राप्ति प्रक्रियामा रहेका लघुवित्तहरुलाई थप सहुलियत दिएको छ ।

नेपाल राष्ट्र बैंकले घ वर्गका इजाजतप्राप्त लघुवित्त वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भई २०८१ असार मसान्तभित्र एकीकृत कारोवार संचालन गरेमा थप सहुलियत प्रदान गरिने जनाएको छ ।

राष्ट्र बैंकmले लघुवित्तहरु गाभ्ने गाभिने वा प्राप्ति गरेर एकीकृत कारोबार गरेको मितिले १ वर्षसम्म सञ्चालन जोखिमवापत कुल सम्पत्तिको १ प्रतिशत रकम मात्र जोखिम भारित सम्पत्ति थप गरे पुग्ने उल्लेख गरेको छ ।

यस्तै, वार्षिक १५ प्रतिशत भन्दा बढी लाभांस (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशत साधारण जगेडा कोषमा, ३५ प्रतिशत ग्राहक संरक्षण कोषमा तथा १० प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्व कोषमा छुट्याउनुपर्ने व्यवस्था मध्ये १० प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्व कोषमा छुट्याउनुपर्ने व्यवस्था एकीकृत कारोबार शुरु गरेको मितिले एक वर्षसम्म छुट दिने राष्ट्र बैंकले एकिकृत निर्देशनमा उल्लेख गरेको छ ।

एक आपसमा गाभ्ने÷गाभिने वा प्राप्ति हुने लघुवित्त वित्तीय संस्थाहरुलाई “बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्तिसम्बन्धी विनियमावली, २० मा तोकिएका सुविधाहरुका थप सहुलियत प्रदान गरिने उल्लेख गरेको छ ।

एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्तिका कारण एकल ग्राहक कर्जा सीमा नाघेको ऋणीको कर्जालाई साविक बमोजिमको भुक्तानी तालिका अनुसार तोकिएको सीमा भित्र ल्याउन सकिने उल्लेख गरेको छ ।