सरकारको बजेट घाटा हालसम्मकै उच्च


काठमाडौं । सरकारको बजेट घाटा हालसम्मकै बढी देखिएकाे छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरणअनुसार सरकारको बजेट घाटा गत बर्ष भन्दा दोब्बरले घटेको छ ।

राष्ट्र बैंकको विवरण अनुसार गत आर्थिक वर्षमा सरकारको वित्त स्थिति ४ अर्ब ८६ अर्ब ८९ करोड रुपैयाँ भन्दा बढिले घाटामा रहेको छ । अघिल्लो आर्थिक वर्षमा बजेट घाटा २ खर्ब ६३ अर्ब ६७ करोडले घाटामा रहेको थियो।

गत आर्थिक वर्षमा सरकारको कुल खर्च १२ खर्ब ९६ अर्ब २४ करोड रहेकोमा आर्थिक वर्ष २०८०/०८१ मा यस्तो खर्च रु.१४२९ अर्ब ५६ करोड रहेको छ ।

जसमा चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्था वापतको खर्च क्रमशः १० खर्ब ०५ अर्ब ७६ करोड रुपैयाँ , २ खर्ब ३३ अर्ब ७० करोड रुपैयाँ१९० अर्ब ११ करोड रुपैयाँ रहेको छ ।

सरकारले राजस्व संकलन (प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँट हुने रकमसमेत) ९ खर्ब ५७ अर्ब १५ करोड रुपैयाँ राजश्व संकलन गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा कुल राजस्व संकलन १० खर्ब ६७ अर्ब ९६ करोड रुपैयाँ राजश्व संकलन भएको थियो । त्यस्तै अन्य प्राप्तिसमेत गरी नेपाल सरकारले १०१० अर्ब ३९ करोड रुपैयाँ स्रोत परिचालन गरेको छ ।

सरकारले गत आर्थिक वर्षमा २५६ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन गरेको छ भने ११५ अर्ब ९ करोड रुपैयाँ साँवा भुक्तानी गरेको छ ।