गत आर्थिक वर्षमा राष्ट्र बैंकले गर्यो रु. ५५ खर्ब १८ अर्ब तरलता प्रवाह


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९ ८० मा ५५ खर्ब १८ अर्ब १९ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा तरलता व्यवस्थापन गर्नको लागि रिपो, सोझै खरिद, स्थायी तरलता सुविधा र ओभरनाइट तरलता सुविधा मार्फत ५५ खर्ब १८ अर्ब रुपैयाँ बजारमा पठाएको हो ।

राष्ट्र बैंकले रिपो मार्पmत ४ खर्ब १४ अर्ब ४७ करोड रुपैयाँ, सोझै खरिद मार्पmत ८९ अर्ब ७० करोड रुपैयाँ, स्थायी तरलता सुविधा मार्पmत २७ खर्ब २७ अर्ब ११ करोड रुपैयाँ र ओभर नाइट तरलता सुविधामार्पmत २२ खर्ब ८६ अर्ब ९० करोड रुपैयाँ रहेको जनाएको छ ।

राष्ट्र बैंकले ५५ खर्ब १८ अर्ब रुपैयाँ तरलता प्रवाह गर्दा १ खर्बं ८ अर्ब २० करोड रुपैयाँमात्र तरलता प्रशोचन गरेको छ । राष्ट्र बैंकले रिभर्स रिपो र निक्षेप संकलन बोलकबोल मार्फत तरलता प्रशोचन गरेको हो ।
रिर्भस रिपो मार्फत ८८ अर्ब २० करोड रुपैयाँ रहेको छ भने निक्षेप संकलन बोलकबोल मार्फत २० अर्ब गरी १ खर्ब ८ अर्ब २० करोड रुपैयाँमात्र तरलता प्रशोचन गरेको हो ।

राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ५ अर्ब ४५ करोड खरिद गरी ७ खर्ब १२ अर्ब ५० करोड रुपैयाँ तरलता प्रवाह गरेको छ । आर्थिक वर्ष २०७८ ७९ मा विदेशी विनिमय बजारबाट अमेरिकी डलर खरिद गरी ३ खर्ब ५५ अर्ब ५७ करोड रुपैयाँ तरलता प्रवाह गरेको थियो ।