सांग्रिला मोटर्सले शुरु गर्‍यो सिट्रोन ई–सी थ्रीको हस्तान्तरण


काठमाडौँ । नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले बहुप्रतिक्षित सिट्रोन ई–सी थ्रीको हस्तान्तरण शुरु गरेको छ ।

सिट्रोन इ–सी थ्रीमा २९।२ किलोवाट आवरको लिथियम आयन फोस्फेट ब्याट्री प्याक रहेको छ । फ्रन्ट ह्वील ड्राइभ सिट्रोन सीथ्रीमा रहेको मोटरले ५७ हर्सपावर तथा १४३ एनएमको टर्क जनेरेट र्गो कम्पनीको भनाइ छ ।

सिट्रोन ई–सी थ्रीको मोटरले जम्मा ६।८ सेकेन्डमा शून्यबाट ६० किलोमीटर प्रतिघण्टाको स्पीडमा गुडाउन सक्छ । यो ईभीको टप स्पीड १०७ किलोमिटर प्रतिघण्टा रहेको छ भने रिजेनेरेटीभ ब्रेकिङ सिस्टमसहित इको र स्ट्याण्डर्ड गरी दुईवटा ड्राइभिङ मोड रहेको छ ।

एआरएआइका अनुसार सिट्रोन इ–सी थ्रीले एक पटकको फुल चार्जमा ३२० किलोमिटर सम्मको रेन्ज प्रदान गर्छ । यो कारलाई रेगुलर ३।३ किलोवाटको एसी चार्जरले चार्ज गर्दा १० घण्टा ३० मिनेटमा फुल चार्ज गर्न सकिन्छ भने डीसी फास्ट चार्जरले चार्ज गर्दा जम्मा ५७ मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

साथै, यो डीसी फास्ट चार्जरमा धेरै पटक चार्ज गर्दा पनि ब्याट्रीको जीवनलाई असर नपर्ने कम्पनीले दाबी गरेको छ । कम्पनीले यो कारमा ७ वर्ष वा १ लाख ४० हजार किलोमिटर ब्याट्री प्याकको वारेन्टी दिएको छ । त्यसैगरी यसमा दिएको इलेक्ट्रीक मोटरमा ५ वर्ष वा १ लाख किलोमिटरको वारेन्टी रहेको छ ।

सिट्रोन ई–सी थ्री विश्व बजारमा धेरै रुचाइएको कार भएकाले नेपालमा पनि यसले उस्तै लोकप्रियता पाउने विश्वास कम्पनीले गरेको छ । आफ्नो कार्बन फुटप्रिन्ट घटाउँदै दिगो भविष्यतर्फ अगाडि बढ्न चाहने जोसुकैको लागि सिट्रोन ई–सी थ्री एउटा उपयुक्त रोजाइ भएको कम्पनीको दाबी छ ।

कम्पनीले यो गाडीको लाइभ भेरियन्टको मूल्य ३२।९९ लाख र फिल भेरियन्टको मूल्य ३४।९९ लाख रहेको रहेको जनाएको छ भने थापाथलीस्थित “ला मेजन सिट्रोन” शोरुममा उपलब्ध रहेको छ ।

साथै बिर्तामोड, इटहरी, विराटनगर, नारायणगढ, बुटवल, पोखरा, नेपालगन्ज, दाङ र धनगढीस्थित शोरुमहरूमा एक सातापछि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।