आर्थिक समृद्धि सिर्जना गरेर समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्याउने लक्ष्य हो: प्रवक्ता डा महत


काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले कांग्रेसको लक्ष्य भनेको आर्थिक समृद्धि सिर्जना गर्ने र त्यो समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्याउने बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३(२) को प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै डा. महतले विचार र सिद्धान्तका हिसाबले ठीक ठाउँमा भएको उल्लेख गर्दै लक्ष्य आर्थिक समृद्धि सिर्जना गर्ने र त्यो समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्याउने बताएका हुन् ।

डा. महतले भने,“समृद्धि केही व्यक्तिमा सीमित हुनु भएन । समृद्धि हासिल गर्न पार्टी बलियो बनाउनुपर्छ । हामी पार्टी बलियो हुने मिसनमा लागौं । हरेक दिन हामी काम गरौं र त्यो कामको प्रचार पनि गरौं ।”