सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ भर्ने आज अन्तिम दिन


काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सको साधारण सेयर भर्ने आज अन्तिम दिन रहेको छ । यस कम्पनीको साउन ३२ देखि भाद्र ४ गते (आज) सम्म आवदेन दिन सकिने छ ।

कम्पनीले ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता साधारण सेयर निष्काशन गरेको हो । आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने सर्वसाधारणमा आइपिओ जारी गरेको हो ।

जसमध्ये ९ लाख ६० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली, ४ लाख ८० हजार कित्ता सेयर सामूहिक लगानी कोष र ४ लाख ८० हजार कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीका कर्मचारीहरुका लागि छुट्टाएको छ। यस अघि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो ।

कम्पनीको प्रतिकित्ता १०० अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा बिक्री खुलेको हो । यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ।