जापानसँंग नेपालको सम्बन्ध महत्वपुर्ण र ऐतिहासिक छ: चेम्बर अफ कमर्स


काठमाडौं । नेपाल र जापानबिचको कुटनीतिक र आर्थिक सम्बन्ध ऐतिहासिक रहेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । नेपाल भ्रमणमा रहेका जापानी सांसदहरु काजुहिरो कोवायासी र नागाई मनावुको सम्मानमा आयोजित कार्यक्रममा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले जापानसंग नेपालको सम्वन्ध आर्थिक र व्यापारिक दृष्टिकोणले ऐतिहासिक रहेको बताए । राजदूत किकुता युताका सहित भएको कार्यक्रममा अध्यक्ष मल्लले नेपालमा लगानीका लागि पहल गर्न जापानी सासंदहरुसंग आग्रह गरेका छन् ।

अध्यक्ष मल्लले भने, “दुई मुलकबीचको कुटनीतिक सम्वन्ध ७० बर्ष पुग्न लागेको छ । लगानी वृद्धि र व्यापारिक साझेदारी मार्फत आपसी सहकार्यलाई थप बलियो बनाउन आवश्यक छ ।”

उनले नेपालको जलविद्युत, पूर्वाधार क्ष्ँेत्र, पर्यटन एवं प्रविधिको क्षेत्रमा लगानीको वातावरण बनाउन सांसदहरुसंग आग्रह गरे । कृषिमा प्रविधी हस्तान्तरण हुन सके नेपालले लाभ प्राप्त गर्न सक्ने अध्यक्ष मल्लको भनाई छ ।

जापानमा १ लाख ३९ हजार हाराहारीमा नेपालीहरु रहेको भन्दै अध्यक्ष मल्लले नागरिक स्तरमा पनि दुई मुलुकबीचको सम्वन्ध निकै उत्कृष्ट रहेको उल्लेख गरे । नेपालले जापानमा ९० लाख डलर बराबरको वस्तु निर्यात गर्दा ४ करोड ७० लाख डलर हाराहारीमा आयात गर्ने गरेको छ ।

चेम्बरको स्वागत कार्यक्रममा जापानी सांसद काजुहिरो कोवायासीले नेपालमा ३० वर्ष अघी आएर लुम्विनीमा वृक्षारोपण गरेको स्मरण गरे । नेपाल र जपानबीचको आर्थिक र कुटनीतिक सम्वन्ध संधै उत्कृष्ट रहेको उनको भनाई छ ।

अर्का सांसद नागाई मनावुले पनि दुई मुलुकबिचको आर्थिक र कुटनीतिक सम्वन्धलाई जनस्तर सम्मै पु¥याउनुपर्नेमा जोड दिए । नेपालका लागि जपानी राजदूत युताकाले नेपाल जापानबीचको सम्वन्ध सुधारमा चेम्बरले गरेको प्रयासलाई धन्यावाद दिएका छन् ।