रोयल इनफिल्डको एक्सचेन्ज मेला भदौ १० देखि १५ सम्म


काठमाडौँ । रोयल इनफिल्डको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रा।लि।ले यही भदौ १० देखि १५ गतेसम्म एक्सचेन्ज मेला आयोजन गर्ने भएको छ ।

यस कार्यक्रममा ग्राहकहरूलाई स्पट एक्सचेन्ज, बेस्ट भ्यालूएसन तथा स्पट फाइनान्स सुविधा उपलब्ध हुनेछ ।

यी सुविधाहरूले ग्राहकहरूलाई पुरानो दुई पाङ्ग्रे सवारीसाधनसँग नयाँ रोयल इन्फिल्ड मोटरसाइकल साट्न उत्प्रेरित गर्ने कम्पनीले आशा जनाएको छ । हाल रोयल इनफिल्डका क्लासिक ३५० सीसी र स्क्राम ४११ सीसी मोडेलहरु उपलब्ध छन् ।

रोयल इन्फिल्डले आफ्नो नेपालभरको शोरूम र डिलर पोइन्टबाट यो कार्यक्रम आयोजना गर्नेछ ।