काठमाडौं । प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा संजीव मानन्धर नियुक्त भएका छन् । कम्पनीको भदौ ८ गते बसेको सञ्चालक समितिको बैठकले चार्टर्ड एकाउण्टेन्ट (सिए) मानन्धरलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
त्यस्तै, नवनियुक्त प्रमुख कार्यकारी अधिकृत संजीव मानन्धरले ऐनको दफा १२७ बमोजिम आजै सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
मानन्धरको नेतृत्वमा बैंकले प्रगति गर्ने आशा व्यक्त गरी कार्यकालको पूर्ण सफलताको लागि अध्यक्ष राजेन्द्रदास श्रेष्ठले शुभकामना व्यक्त गरेका छन् ।
स्थापनाकालदेखि नै यस बैंकमा महाप्रबन्धकका रुपमा कार्यरत संजीव मानन्धर यस अघि यसै बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत पदमा थिए ।
प्रमुख कार्यकारी अधिकृत मानन्धरको बैंकिङ क्षेत्रमा २३ वर्ष भन्दा लामो अनुभव छ । तत्कालीन नेपाल इन्भेष्टमेण्ट बैंक लि।बाट बैंकिङ क्यारियर शुरु गरेका चार्टर्ड एकाउण्टेण्ट मानन्धरले राष्ट्रिय वाणिज्य बैंक लि.को विदेशी व्यवस्थापनसँग आवद्ध रही कार्य गरिसकेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्