उसिनेको चामल निर्यातमा भारतले लगायो २० प्रतिशत भन्सार शुल्क


काठमाडौं । भारत सरकारले शुक्रबारदेखि उसिनेको चामल निर्यातमा २० प्रतिशत भन्सार शुल्क लगाएको छ । भारत सरकारले निर्णय आगामी कात्तिक १६ गतेसम्म कायम हुनेगरी तत्काल लागु गर्ने भएको छ ।

भारत विश्वको सबैभन्दा ठुलो चामल निर्यातकर्ता हो । भारतले ४०.४ प्रतिशत चामल निर्यात गर्दछ । भारतको यो निर्णयले विश्वबजारमा चामलको निर्यात घट्ने र मूल्यवृद्धि हुने प्रक्षेपण गरिएको छ ।

यो निर्णय हुनु अगाडी अर्थात भदौ ८ गते अघि अनुमति पाएका तर बन्दरगाहबाट बाहिर नआएकाहरुलाई यो निकासी शुल्क लागु नहुने भारतीय संचारमाध्यामले जनाएका छन् ।

भारतले चामल निर्यातमा कर लगाएसँगै त्यसको प्रत्यक्ष्य प्रभाव देखिने व्यवसायीहरु बताउँछन् ।

भारतले जुलाई २० तारिखमा चाडपर्वको मौसममा घरेलु आपूर्ति बढाउन र खुद्रा मूल्यहरु नियन्त्रणमा राख्न गैर बासमती सेतो चामलको आपूर्ति रोक्यो ।

भारतबाट निर्यात हुने करिब २५ प्रतिशत गैर–बासमती सेतो चामल नेपाल नेपाल आउँछ । नेपालको मुख्य खानामा चामल पर्ने हुनाले अभाव पूर्ति गर्न भातरबाट ठुलो हिस्सा नेपाल आउने गर्दछ ।

चाडपर्वको मुखमा यसरी भारतले निर्यात शुल्क लगाउँदा भान्सा महंगो बन्ने जानकारहरु बताउँछन् ।

भारतको निर्यात प्रतिबन्ध नीतिका कारण नेपाली बजारमा चाडपर्वको बेला आपूर्ति प्रभावित हुन सक्ने भन्दै खाद्यान्न माग गरेको थियो ।

उद्योग वाणिज्य, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले एक लाख टन चामल, ५० हजार टन चिनी र ५ हजार टन धान नेपालमा आपूर्ति गरिदिन भारतलाई पत्राचार गरेका थिए ।