भारतीय ट्रकहरूमा रोक लगाउन नेपाल ट्रक यातायात व्यवसायी महासंघको माग


काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले भारतीय ट्रकहरूमा रोक लगाउन सरकारसँग माग गरेका छ । आज (सोमबार) महासंघद्धारा मलाबाहक सवारी क्षेत्रका समस्या बारेमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँले नेपालमा रहेका मालवाहक गाडीहरूले नै काम नपाउने स्थिति रहेको भन्दै त्यस्ता भारतीय गाडीमाथि स्थायी ढंगबाट रोक लगाउन सरकारसँग माग गरेका हुन् ।

महासचिव बानियाँले प्रत्यक वर्ष सरकारले ट्रकको लागि पार्किङ स्थलको व्यवस्थापन गर्नको लागि बजटे छुटाएपनि काम हुन नसकेको बताएका छन् । उनले भने, “काठमाडौँ लगायत देशका प्रमुख मुख्य मुख्य शहरहरू जहाँ धेरै संख्याका ट्रकहरूको आवतजावत हुन्छ त्यी ठाउँहरूमा ट्रक पार्किङ स्थल छैनन् । यसले धेरै किसिमका असहजता र समस्याहरूको सिर्जना गरेको हुदाँ एउटा अनिवार्य आवश्यकताको रूपमा लिएर ट्रक पार्किङ स्थलको खोजी र व्यवस्थापन गर्न सरकारसँग हाम्रो माग छ । ’’

महासंघले सरकारको ऐनमा केही कुरा संशाेधनको आवश्यकता रहेको जनाएकाे छ । महासंघका अनुसार राजश्व चेकिङको बेला ट्रकमा भएको समाना र त्यससँग सम्बन्धित कागजातबिच कुनै किसिमको तालमेल नमिलेको वा सम्बद्ध विषयमा केही शंक लागेमा ट्रकलाई नै महिनौंसम्म थुनेर राख्ने वा जफत लिलाम गर्ने गरेका छ ।

त्यस्तै निर्धारित भाडादरको कार्यान्वयन गर्न समेत महासंघले सरकारसँग माग गरेको छ । ट्रक यातायात ४७ वटा मुख्य रुटहरूको भाडादर निर्धारण भएको र त्यसको प्रभावकारी कार्यान्वयन नभएको हुदाँ भाडादर कार्यान्वयन तथा त्यसको अनुगमनको प्रभावकारी संयन्त्र तयार गरी लागू गर्न पर्ने यसको नियन्त्रण गरि बजार भाउ नियन्त्रण गर्न महासंघले माग राखेको छ ।

यसैगरि हालको आर्थिक मन्दी बैंकमा तरलताको अभाव र राष्ट्र बैंकको मौद्रिक नीति र लक्ष्य अनुसार विकास बजेट खर्च हुने नसक्दाका कारण यहाँ निर्माण सामाग्रीहरू एक स्थानबाट अर्को स्थानमा ओसार पसार गर्ने सवारी साधनहरू काम नपाई घर ग्यारेजमा थन्कीनु पर्ने अवस्था सिर्जना भएको महासचिव बानियाँले बताए । उनले देशको निजी क्षेत्रको मात्र लगानी रहेको यो पेशा धरासाय भएको अवस्थामा ९० प्रतिशतको हाराहारीमा आयतित वस्तुहरू भारतिय सवारी साधनले नेपालको गन्तव्यसम्म पुर्याउने हुँदा निर्धारित भाडादर कार्यान्वयनमा समेत बाधा उत्पादन भइरहेको बताएका छन् ।