मंगलबार सुनको मूल्य बढ्यो


काठमाडौं । सुनको मूल्य मंगलबार प्रतितोला ६०० रुपैयाँले वृद्धि भएको छ । मंगलबार छापावाल सुनको मूल्य बढेर १ लाख ११ हजार ७०० रुपैयाँ कायम भएको छ । चार दिनसम्म स्थिर रहेको सुनकाे मूल्य यस यस अघि १ लाख ११ हजार १०० रुपैयाँमा कारोबार भइरहेकाे थियाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको भाउ १ लाख ११ हजार १५० रुपैयाँ तोकिएको छ।

चाँदीको मूल्य पनि वृद्धि भएको छ । मंगलबार प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ४६५ रुपैयाँ कायम भएको छ ।