इजिप्टले ब्रिक्स देशहरूसँगको सहयोगलाई सहजीकरण नयाँ इकाई स्थापना गर्ने


काठमाडौँ । इजिप्टले ब्रिक्स देशहरुसँगको सहयोगलाई सहजीकरण गर्न इकाइ स्थापना गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकपछि बोल्दै इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीले ब्रिक्स देशहरूसँगको सहयोगलाई सहजीकरण गर्न एउटा इकाइ स्थापना गर्ने बताएका हुन् ।

उत्तरी तटीय सहर न्यु अलामिनमा रहेको यो इकाइले ब्रिक्स समूहसँगको सहकार्य प्रवर्द्धन गर्ने कुनै पनि कामको लागि जिम्मेवारी निभाउनेछ ।

इकाईमा ब्रिक्ससँग सम्बन्धित मन्त्रीहरू, अधिकारीहरु समावेश हुनेछन् । अगस्ट २४ मा ब्रिक्समा अर्जेन्टिना, इजिप्ट, इथियोपिया, इरान, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सलाई समेट्ने बताइएको हो ।