इभी एक्सपोको अवसरमा जेस्टिस् ब्राण्डको स्कूटर खरिदमा २० हजार रुपैयाँ छुट


काठमाडौँ । एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्स कम्पनीले जेस्टिस् ब्राण्डको स्कूटरको खरिदमा २० हजार रुपैयाँ छुट दिएको छ । आजदेखि भृकुटीमण्डपमा शुरु भएको अन्तराष्ट्रिय इभी एक्सपोको अवसरमा कम्पनीले उक्त छुट दिएको हो ।

एक्स्पो अवधिभर स्कूटर खरिदमा यस्तो अफर रहने छ । बजारमा जेस्टिस् स्कुटर सिङगल र डबल ब्याट्रीमा उपलब्ध छन् ।

सिङगल ब्याट्री जडान भएको ईभी स्कुटरको मूल्य ३ लाख ५० हजार रुपैयाँ निर्धारण गरेका छ भने डबल ब्याट्री भएको ईभी स्कुटरलाई ४ लाख १० हजार रुपैयाँ पर्ने कम्पनीले जनाएकाे छ ।

कम्पनीले केही समय अगाडि मात्रै राय–जी नामक इलेक्ट्रिक स्कूटर नेपाली बजारमा ल्याएको छ । यसमा पनि एउटा र दुई वटा ब्याट्री जडान गर्न मिल्ने स्कूटर छन् ।

एउटा ब्याट्री जडान भएको स्कुटरको मूल्य ३ लाख २० हजार रुपैयाँ र दुई वटा ब्याट्रीको भएको राय–जी स्कूटरको मूल्य ३ लाख ८० हजार रुपैयाँ तोकिएको छ ।