४१ लाख परिवार कृषिमा आवद्ध, २२ लाख हेक्टर जग्गामा खेतिपाती


काठमाडौं । नेपालमा कृषिकार्यमा ४१ लाख बढि परिवार आवद्ध रहेका छन् ।

राष्ट्रिय तथ्यांक कार्यलयले आज सार्वजनिक गरेको कृषि गणनाको तथ्यांक अनुसार हाल नेपालमा ४१ लाख ३० हजार ७ सय ८० परिवार कृषिमा आवद्ध रहेका छन् ।

कृषिगणना २०७८ अनुसार नेपालमा जम्मा ४१ लाख ३० हजार ७८९ कृषक परिवारले २२ लाख १८ हजार ४१० हेक्टर जग्गामा कृषिकार्य गरेको देखिएको छ ।

अघिल्लो कृषिगणना २०६८ मा ३८ लाख ३१ हजार ९३ कृषक परिवारले २५ लाख .२५ हजार ६३९ हेक्टर जग्गामा कृषिकार्य गरेको देखिएको थियो ।

नयाँ तथ्यांकअनुसार कृषक परिवारअन्तर्गत जम्मा कित्ता संख्या १ करोड १५ लाख ८३ हजार ९५० र प्रति कृषक परिवार कित्ता संख्या २.८ देखाएको छ ।

अघिल्लो कृषिगणनामा यो संख्या १ करोड २० लाख ९६ हजार ४१७ अर्थात् ३.२ रहेको थियो ।

तथ्यांकअनुसार कृषक परिवारले १२ लाख ९ हजार २ सय ६५ हेक्टर जग्गामा सिचाँई सुविधा लिएका छन् ।

कृषक परिवार अन्तर्गतको जम्मा जग्गामध्ये ५४.५ प्रतिशत जग्गामा सिँचाइ सुविधा उपयोग भएको देखिन्छ ।

अघिल्लो कृषिगणना २०६८ मा सिँचाई सुविधा उपयोग भएको जग्गाको क्षेत्रफल ५२ प्रतिशत तथ्यांकमा उल्लेख गरिएको छ ।


पछिल्लो १० वर्षमा सिचाँई सुविधा लिने कृषकको संख्या बढेको छ । २०६८ सालको तथ्यांकअनुसार सिँचाई सुविधा लिने कृषको संख्या ६५ प्रतिशत रहेको थियो भने २०७८ सालमा ७० प्रतिशत पुगेको तथ्इांकमा उल्लेख गरिएको छ ।