जी २० सम्मेलन : बीआरआईको जवाफमा भारत–यूरोप मध्यपूर्व आर्थिक करिडोर


भारतको राजधानीमा भएको जी २० सम्मेलनमा ऐतिहासिक सम्झौता भएको छ । यो सम्झौता भारत, युरोप र मध्यपूर्व अर्थात खाडी मुलुकबिच भएको भारतीय सञ्चारमाध्यामले जनाएका छन् ।

चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)लाई चुनौति दिने गरी जी–२० सम्मेलनमा भारत, यूरोप र मध्यपूर्व आर्थिक करिडोर निर्माण गर्ने सम्झौता भएको छ । यसलाई चीनियाँ परियोजनाको जवाफ मानिएको सञ्चारमाध्यामहररूले जनाएका छन् ।

हाल ८ ओटा देश यस आर्थिक करिडोरमा रहेका छन् । यो सम्झौतामा अनगिन्ती फाइदाहररू रहेको र यसलाई आगामी १० वर्षमा पूरा गर्ने लक्ष्य लिइएको छ ।

अमेरिकी राष्ट्रपति जोन वाइडेनले पनि आर्थिक करिडोरको महत्वकोबारेमा प्रष्ट पार्दै मोदीलाई धन्यवाद दिए ।

उनले भने ‘एक पृथ्वी, एक भविष्य र एक परिवारको सूत्र दिए, उहाँलाई धन्यवाद ।

अहिले उक्त परियोजनामा भारत, संयुक्त अरब इमिरेटस् (युएई) साउदी अरेबिया, युरोपियन युनियन (ईयू) इटाली, जर्मनी, फ्रान्स र अमेरिका सहभागी हुने भएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–यूरोप मध्यपूर्व आर्थिक करिडोरको सम्झौता धेरै महत्वपूण रहेको बताए ।

सम्मेलनमा मोदीले भारत सरकारले कनेक्टिभिटीलाई निकै महत्व दिएको बताए ।
उनले भने ‘ग्लोबल साउथमा कनेक्टिभिटी ग्याप छ । हामी यसलाई पहिले घटाउन चाहन्छौं र आगामी पुस्ता यसबाट लाभान्वित हुनेछन् ।’