सांग्रिला डेभलपमेन्ट बैंक र हिमाल डेन्टल हस्पिटल बिच सम्झौता


काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र हिमाल डेन्टल हस्पिटल बिच सम्झौता भएको छ ।

बैंकका ग्राहक तथा बंैकका कर्मचारीलाई हिमाल डेन्टल हस्पिटलमा विभिन्न किसिमका डेन्टल सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको जनाइएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र हिमाल डेन्टल हस्पिटलको तर्फबाट निर्देशक डा.राजेन्द्र भट्टले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार हिमाल डेन्टल हस्पिटलले बैंकका ग्राहक महानुभाव, तथा कर्मचारीहरुलाई विभिन्न किसिमका ओ.पि.डि, सर्जरी, औषधी तथा दाँतसँग सम्बन्धीत सम्पूर्ण उपचारमा २० प्रतिशत छुट प्रदान गर्नेछ । यसबाट बंैकका कर्मचारी तथा ग्राहक महानुभावहरुले प्रत्यक्ष लाभ लिन सक्ने विश्वास बंैकले लिएको छ ।