निजी क्षेत्रले नै अर्थतन्त्र सुधार गर्न भूमिका खेलेको छः अर्थमन्त्री महत


काठमाडौँ । अर्थमन्त्री डा। प्रकाशशरण महतले निजी क्षेत्रले नै राज्यको अर्थतन्त्र सुधारको निम्ति भूमिका खेलेकाे बताएका छन् ।

मंगलबार काठमाडौंमा १५ औँ संस्करणको नाडा अटो शो, २०२३ उद्घाटन गर्दै अर्थमन्त्री डा। महतले विगतमा अर्थतन्त्रमा देखिएको समस्याका कारण सवारी साधन लगायत अन्य वस्तुहरूको आयातमा प्रतिबन्ध लागउनु पर्ने अवस्था आएको र अहिले सुधारको बाटोमा रहेकोले विस्तारै बजार चलायमन भएकाे बताएका छन् ।

‘अहिले अर्थतन्त्रमा देखिएको समस्याको क्रमिक सुधार हुदैँ गएको छ । अब मुलुक श्रीलंकाको बाटोमा जान्छ कि भन्नुपर्ने डराउनुपर्ने अवस्था छैन । आर्थिक गतिविधिहरू चलायमान हुँदै गएका छन् । पर्यटन आगमन बढेको छ । राज्यसँग पैसा भएको हो तर त्यो पैसाको परिचालन नभएको हो । त्यसकारण नीजि क्षेत्रले खुलेर लगानी गर्नकाे लागि मेराे आग्राह छ ।’

महतले पछिल्लो समय विद्युतीय सवारी साधन प्रवर्द्धन हुदैँ गएको बताएका छन् । उनले विद्युतीय सवारीको प्रयोग बढेको र सरकारले यसको प्रयोगमा सहज नीति पनि ल्याएको बताए ।

उनले भने नाडाले अब सवारी आयात मात्र गर्ने होइन मुलुकभित्रै सवारी उत्पादन तथा एसेम्बलिङ गर्नुपर्ने आवश्यक रहेकाे बताएका छन् । डिलर मात्र भएर अब हुदैँन । विस्तारै देशमा सवारी उद्याेगहरू संचालनमा ल्याएर देशकाे अर्थतन्त्र सुधार गर्नपर्छ । यसका लागि व्यवसायीहरूलाई सरकारले सक्दो सहयोग गर्छ ।’

उनले सरकारले ५० वटा चार्जिङ स्टेसन निर्माण गरिसकेको र आगामी दिनमम चार्जिङ स्टेसनको लागि योजना बनाएको बताउँदै निजी क्षेत्रलाई नि यसमा सहयोग गर्न आग्रह गरेको छन् ।

महतले पहिला गाडी लक्जरीको साधन भएकाले कर धेरै लगाएको र यसले कर बढी आएको भएर दर नघटेको हुन सक्ने उनको भनाइ छ ।