द बिगेस्ट शो अफ नेपाल ‘नाडा अटो शो, २०२३’ मा टाटाले सार्वजनिक गर्यो ‘टियागो ईभी’


काठमाडौँ । आजदेखि भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो २०२३ मा टाटाको वहुप्रतिक्षित इभी ह्याचब्याक टियागो नाडा अटो शोमा सार्वजनिक भएको छ । टाटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आज सुरु भएको नाडा अटो शोमा सो कार सार्वजनिक गरेको हो ।

भारतीय बजारमा सार्वजनिक भएसँगै नेपाल आउने चर्चा चलेको टियागो ईभी सस्तो मूल्यमा उपलब्ध हुने अपेक्षाका कारण चर्चामा रहेको थियो । जसको सुरुवाती मूल्य २१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । सिप्रदीले सिटी कार टियागो इभीका दुई भेरियन्ट नेपाली बजारमा ल्याएको हो।

सो इभीको लङ रेन्ज भेरियन्टमा २४ किलोवाट आवर क्षमताको ब्याट्री दिएको छ भने सर्ट रेन्जमा १९।२ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ । यसको लङ रेन्ज भेरिएन्टले एक पटकको फुल चार्जमा ३१५ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ । साथै सर्ट रेन्जले २५० किलोमिटर रेन्ज दिने दावी छ ।

यसमा एप्पल कार प्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी, ७ इन्चको हर्मन इन्फोटेन्मेन्ट सिस्टम र ८ वटा स्पीकर रहेको छ । टियागो ईभीमा लेदरेटेड सिट, अटोमेटिक क्लाइमेट कन्ट्रोल, रेनसेन्सिङ वाइपर, अटोमेटिक हेडल्याम्प, इलेक्ट्रीक ओआरभीएम, क्रुज कन्ट्रोल, कुल्ड ग्लोवबक्स, पुस बटम स्टार्ट स्टप जस्ता फिचरहरू पाउन सकिन्छ ।