बीवाइडीको नयाँ गाडी ‘डल्फिन’ नाडा अटो शोमा, यस्तो छ मूल्य


काठमाडौँ । पछिल्लो समय विद्युतीय सवारी साधनमा मानिसको रुचि बढ्दा बीवाइडी कम्पनीका सवारीले नेपाली बजार तताएको छ । बीवाइडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले नाडा अटाे शाेकाे मुख्य आर्कषणकाे रूपमा ‘डल्फिन’ गाडी प्रर्दशान गरेकाे छ । कम्पनीले हिजाे (साेमबार) उक्त गाडी नक्साल शाेरुमबाट सार्वजिनक गरेकाे थियाे ।

नयाँ विद्युतीय गाडी ‘डल्फिन’ नेपालमा केही समय अघि मात्रा भित्रिएको थियो । गाडीको मूल्य ३९ लाख ८० हजार रुपैयाँ तोकिएको छ। ई-६ मोडलदेखि सुरु भएको बीवाइडीको यात्रा एटो ३ हुँदै ‘डल्फिन’सम्म आइपुगेको हो। गाडीमा ४४।९ किलोवाट आवर ९युनिट०को ब्याट्री जडान गरिएको छ।

यस्तै ७० किलोवाट क्षमताको मोटर छ। यसमा भएको ब्याट्रीले एक पटकको फुल चार्जमा ३४० किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ। यसमा १६ इन्चको अलोय ह्विल र १८५ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स छ। यस्तै ह्विलबेस २ हजार ७ सय एमएम रहेकाे कम्पनीले जनाएकाे छ ।

यो गाडीमा १२।८ इन्चको फ्लोटिङ टच स्क्रिन कन्सोल, ३६० डिग्री क्यामेरा, इलेक्ट्रिकल्ली एड्जस्ट गर्न मिल्ने सिट, ५ इन्चको फुल एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टरलगायत फिचर छन्। गाडी ४ वटा कलरमा उपलब्ध रहेकाे कम्पनीले जनाएकाे छ।