सवारी साधनकाे कुम्भ मेलामा सार्वजिनक भयाे टिभिएसको इलेक्ट्रिक स्कुटर ‘टिभिएस आईक्युब’


काठमाडौँ । टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले आजदेखि सुरु भएको नाडा अटो शोमा आफ्नो इलेक्ट्रिक स्कुटर ‘टिभिएस आईक्युब’ सार्वजनिक गरेको छ । अटो शोको उद्घाटनको अवसरमा अर्थमन्त्री डा।प्रकाशशरण महतले ‘टिभिएस आईक्युब’ सार्वजनिक गरेका हुन् ।

कार्यसम्पादन र व्यावहारिकता दुवैलाई ध्यानमा राखेर डिजाइन गरिएको यस विद्युतीय स्कुटरले नेपालीहरूको दैनिक आवत–जावतलाई अझै सहज बनाउँदै शहरी दैनिकीमा एउटा गेम चेन्जरको रूपमा स्थापित हुने विश्वास कम्पनिले लिएको छ ।

३ किलोवाटको बलियो बिएलडिसि हब मोटरको प्रयोग गरिएको कम्पनिले जनाएको छ । कम्पनीका अनुसार ४।४० किलोवाटको अधिकतम् पावर र १४० एनएम म्याक्सिमम् टर्क भएकाले आईक्युबले भीडभाड भएको ट्राफिकमा समेत स्पीड र एजिलिटि प्रदान गर्दछ । यस स्कुटरको टप स्पिड ७८ किलोमिटर प्रति घण्टा रहेको कम्पनीले उल्लेख गरेको छ ।

टिभिएस आईक्युबको ३।०४ केडबल्युएच लिथियम–आयन ब्याट्रीले एक चार्जमा ७५ देखि १०० किलोमिटर सम्मको रेन्ज प्रदान गर्दछ जनाइएको छ । कम्पनीका अनुसार ५ घण्टामा १००५ सम्म चार्ज हुन सक्ने टिभिएस आईक्युबमा पोर्टेबल चार्जर पनि आउँछ । ४।४० को पिक पावर र १४० एनएमको पिक टर्क रहेको यस टिभीएस आईक्युबले साघुरो सडक ट्राफिकमा पनि सजिलोसँग एक्सिरेलेट गर्न सक्ने कम्पनीले उल्लेख गरेको छ ।

टिभिएस आईक्युबको ३।०४ केडबल्युएच लिथियम–आयन ब्याट्रीले एक चार्जमा ७५ देखि १०० किलोमिटर सम्मको रेन्ज प्रदान गर्दछ ।

कम्पनीका अनुसार आईक्युबमा टिभिएस एनटर्क सिरिजका स्कुटरजस्तै स्मार्ट कनेक्ट फिचर समेत उपलब्छ छ । चालकले स्कुटरसँग आफ्नो स्मार्टफोन ब्लुटुथद्वारा कनेक्ट गरेर आगमन कल÷एसएमएस अलर्ट, न्याभिगेसन, म्युजिक प्लेयर कन्ट्रोल, अन्तिम पार्क गरिएको ठेगाना तथा एन्टी–थेप्ट जस्ता स्मार्ट फिचरहरु पनि यस स्कुटरले प्रदान गरेको छ । स्कुटरको ७ इन्चको मल्टीफङ्सनल स्क्रिनले सबै स्मार्ट कनेक्ट फिचरलाई सहज कार्यान्वयनमा मद्दत पु¥याउनेछ ।