काठमाडौँ । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारीक बिक्रेता ‘एमएडब्लू इन्टरप्राइजेज प्रालि’ ले भक्तपुरको कौशलटारमा सुविधा सम्पन्न ‘ब्लू स्क्वायर’ शोरुम सञ्चालनमा ल्याएको छ ।
हिजाे(सोमबार) एमएडब्लू ग्रुप कम्पनीका म्यानेजिङ डाइरेक्टर विष्णुकुमार अग्रवाल, हिमालय रोडिज सिजन ५ का होस्ट सुरजसिंह ठकुरी र हिमालय रोडिज सिजन ५ की ग्याङ लिडर प्रियंका कार्कीले सयुंक्त रुपमा उद्घाटन गरेका हुन् । यो शोरूम टू ह्विलरको नेपालकै सबैभन्दा ठूलो र अत्याधुनिक शोरूम भएको कम्पनीको दाबी छ ।
यामाहाको विश्व व्यापी नयाँ अवधारणा’ब्लू स्क्वायर’लाई अवलम्बन गरी कौशलटारमा शोरुम सञ्चालनमा ल्याइएको कम्पनीले बताएको छ ।
यामाहाको ग्लोबल मोटर स्पोर्ट लिगेसीलाई आत्मसाथ गर्दै सम्पूर्ण राइडर्सले आफ्नो राइडिङ प्रतिको चाहना र उत्साहलाई हरेक कुनाबाट अनुभव गर्न सक्ने स्थानको रुपमा ‘ब्लू स्क्वायर’ शोरुमलाई लिइएको कम्पनीले बताएको छ ।
यो शोरुममा प्रयोग गरिएको ‘ब्लू’ कलरले यामाहा ब्राण्डको ‘रेसिङ डीएनए’ लाई झल्काउने र ‘स्क्वायर’ ले ‘वान स्टप बाइङ जंक्सन’ जसमा ग्राहकले मोटरसाइकल, स्कुटर, एसेसोरिज र एपारेल एकै ठाउँबाट अनुभव तथा खरिद गर्न पाउने सुविधा रहने कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार यस शोरुममा ‘बेटर कस्टमर एक्सपेरियन्स’ अनुभव गर्नुको साथै छिटो र ‘पर्सनलाइज्ड वान टु वान सर्भिस’ प्रदान गरिने छ । यामाहाको ग्राहकले अझ नजिकबाट यामाहा ब्राण्ड र उपलव्धतालाई महसुस गर्न पाउनुको साथै ‘डिजिटल टेक्नोलजी’ मार्फत क्यूआर कोड स्क्यान गरेर भौचरहरु प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्