सिट्रोनको ‘फेस्टिभ स्किम’ सार्वजनिक, निःशुल्क बीमा र करको सुविधा


काठमाडौँ । नेपालको लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले आफ्नो फेस्टिभ स्किम २०८० सार्वजनिक गरेको छ । नाडा अटो शोमा सिट्रोनका गाडीहरू बुकिङ गर्ने ग्राहकहरूको लागि २५ हजार रुपैयाँसम्मको आकर्षक उपहारको व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ ।

काठमाडाैँमा हिजोदेखि सुरू भएको नाडा अटो शोमा कम्पनीले आफ्नो फेस्टिभ स्किम पनि सार्वजनिक गरेको छ । यो स्किम अन्तर्गत सिट्रोन सि ३ किन्न चाहने ग्राहकहरूले आकर्षक नगद छुटका साथै निःशुल्क बीमा र निःशुल्क करको सुविधा पनि पाउन सक्ने कम्पनीले जनाएकाे छ ।

त्यस्तै गरी सिट्रोनको विद्युतिय गाडी इ सि–३ खरिद गर्न चाहने ग्राहकवर्गहरुले पनि निःशुल्क बीमा र निःशुल्क सडक कारको सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।