सिभिल क्यापिटल मार्केट लिमिटेडको विशेष साधारण सभा सम्पन्न


काठमाडौँ । सिभिल क्यापिटल मार्केट लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । बुधबार काठमाडौंमा सञ्चालक समितिका अध्यक्ष भोला बहादुर बिष्टको अध्यक्षतामा सम्पन्न भएको हो ।

यस सभाले सिभिल क्यापिटल मार्केट लिमिटेडलाई हिमालयन क्यापिटल लिमिटेडले गाभ्ने÷प्राप्ति गर्ने र सञ्चालक समितिबाट अनुमोदन शेयर आदान प्रदान अनुपात (सेयर स्वाप रेसियो) १००ः३१ को आधारमा हिमालयन क्यापिटल लिमिटेडले सिभिल क्यापिटल मार्केट लिमिटेडलाइ प्राप्ति गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।