काठमाडौँ । एनसेल आजियाटा लिमिटेडले नेपालमा दुरसञ्चार सेवा सञ्चालनको १८ औँ वार्षिकोत्सव मनाएको छ ।
नेपालमा विश्वस्तरीय दूरसञ्चार विस्तार गर्ने नीजि क्षेत्रको ठूलो प्रविधि कम्पनी एनसेलले सन् २००५ सेप्टेम्बर १७ बाट सेवा सुरु गरेको थियो । साविकको मेरो मोबाइ नामबाट सेवा सुरु गरेको कम्पनीले सन् २०१० देखि एनसेल ब्राण्डबाट आफ्ना सेवाहरु दिँदै आएको छ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एवम् प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले एनसेलको १८ वर्षको अर्थपूर्ण र सफल यात्रा पार गरेकोमा खुशी व्यक्त गरेका छन्।
उनले भनेका छन्, “एक करोड ६० लाखभन्दा बढी नेपाली र नेपालको अर्थतन्त्रको अभिन्न अंग बन्न पाएकोमा हामी गर्व गर्छौं, एनसेल सधैं नेपाल र नेपालीलाई गुणस्तरीय सेवाले जोड्न प्रतिबद्ध छ र अब हामी देशको दूरसञ्चार आवश्यकता र प्रविधि विकासलाई सम्बोधन गर्न अझै जिम्मेबार बनेका छौं ।”
एनसेलले आफ्नो ब्रान्डको वाचा ‘आज, भोलि, सधैं सँगै’ अन्तर्गत रहि ‘हामी तपाईकै लागि’ थिमको घोषणा गरेको छ । यस थिम अन्तर्गत एनसेलले सामाजिक कार्यहरुलाई अगाडि बढाउन र नेपालमा सामुदाय स्तरमा सार्थक प्रभाव पार्न श्रृङ्खलाबद्ध विभिन्न क्रियाकलाप, सहकार्य र कार्यक्रमहरुको घोषणा गरेको छ ।
एनसेलले आफ्नो वार्षिक उत्सव मनाइरहेको बेला, ग्राहकहरुसँग खुसियाली बाड्नका लागि ‘हरेक दिन सरप्राइज सबैलाई स्योर प्राइज’ लगायतका अफर ल्याएको छ। जस अन्तर्गत सबै ग्राहकले २८ दिन सम्म केही न केही सेवा सरप्राइज लोयल्टी गिफ्ट पाउने कम्पनीले जनाएको छ।
अफरमा एष्ट्रिक्स १७११७ ह्यास डायल गर्ने ग्राहकहरूले दैनिक, साप्ताहिक र बम्पर उपहारहरू प्राप्त गर्न योग्य बन्ने र दैनिक उपहारमा ग्राहकले एनसेलका सेवाहरू कुनै पनि शुल्क बिना प्राप्त गर्न सक्ने जनाइएकोछ।
प्रत्येक हप्ता एनसेलका एक हजार ग्राहकले रु. १०० ब्यालेन्स पाउनेछन् र अफरको अन्त्यमा सात जना भाग्यशाली ग्राहकले ७ वटा स्कुटर पाउनेछन् ।
साप्ताहिक र बम्पर उपहारहरू प्राप्त गर्नका लागि ग्राहकहरूले अफर अवधिभर एनसेल सेवाहरू प्रयोग गरेको हुनुपर्छ र एनसेलको बारेमा रचनात्मक नारा एनसेल एप वा एनसेल वेबसाइटमार्फत एनसेलसँग पठाउनुपर्नेछ ।
आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) र थिम हामी तपाईं कै लागि अन्तर्गत, एनसेलले राष्ट्रिय प्यारालम्पिक समिति, नेपालसँग सहकार्यको घोषणा गरिएको छ।
जसअन्तर्गत कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने प्यारालम्पिक राष्ट्रिय खेलाडीहरूलाई सहयोग गर्नेछ । राष्ट्रिय खेलाडीहरुको समग्र तालिम र विकासका लागि उनीहरुलाई आवश्यक पर्ने आहार र पोषण वर्षभरि सुनिश्चित गर्न सहयोग प्रदान गर्ने जनाइएको छ।
यसका साथै एनसेलले आफ्नो १८ औं वार्षिकोत्सवको उपलक्ष्यमा सामुदाय स्तरमा लागु हुने सामाजिक पहल ‘एटिन फर एटिन’ अर्थात १८ का लागि १८ कार्यक्रम सुरु गरेको पनि घोषणा गरेको छ ।
जस अन्तर्गत एनसेलले ७ वटै प्रदेशका गैरनाफामूलक संस्थाहरूबाट आ–आफ्नो स्थानीय समुदायलाई हित गर्ने कुनै पनि सामुदायिक विकास परियोजनाका लागि आवेदन दिन आह्वान गरेको छ ।
ईच्छुक संस्थाहरुले एनसेलको वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् । निश्चित मापदण्ड र प्रक्रिया पुर्याएर छानिने त्यस्ता सीएसआर आयोजनाका लागि कम्पनीले प्रति परियोजना रु १० लाख रुपैयाँ प्रदान गर्नेछ । यस पहलको थप जानकारी एनसेलको वेबसाइट बाट वा इमेल र ९८०५५५४४४० मा सम्पर्क गरि लिन सकिने जनाइएको छ।
दिगो विकास लक्ष्यहरू हासिल गर्न सरकारलाई सहयोग गर्ने कम्पनीको प्राथमिकता अनुरुप एनसेलले लामो समयदेखि सीएसआरलाई उच्च प्राथमिकतामा राख्दै आएको कम्पनीले जनाएको छ।
“विगत १८ वर्षमा एनसेलले शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रहरुका सामाजिक परियोजनाहरुमा रु १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी योगदान गरिसकेको छ,” एनसेलले जारी सञ्चार सामग्रीमा भनिएको छ, “सबै भन्दा ठूलो करदाता मध्ये एकका रूपमा, एनसेलले अर्थतन्त्रमा प्रभावकारी योगदान पु¥याउँदै आएको छ र आफ्नो स्थापनाकालदेखि आर्थिक वर्ष २०७८÷७९ सम्ममा कर र शुल्कहरु बापत रु २ खर्ब ८३ अर्ब भन्दा बढि तिरि सकेको छ ।”
एनसेल सेवाले दूरसञ्चार सेवामा पहुँच सुनिश्चित गर्ने काम मात्रै नभएर देशको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) इकोसिस्टमको एक अभिन्न अंग बनेर देशको सामाजिक–आर्थिक विकासमा पनि महत्वपूर्ण भूमिका खेलेको कम्पनीले जनाएको छ ।
जीएसएम मोबाइल सेवामा सहज र सुलभ पहुँच, थ्रीजीको सुरुवात, एनसेल कनेन्छ मोबाइल ब्रोडब्यान्ड, प्याकमा आधारित भ्वाइस र डेटा सेवा, रु. १.९९ मा देशभर एकै कल दर, चौथो पुस्ताको फोरजी सेवा, एनसेल फर बिजनेश (एनफरबी), भारत, अमेरिका र क्यानडामा स्थानीय कल दर, सजिलो रोमिङ, एनसेल सापटी, ट्वीटर र वीकीमा निःशुल्क पहँच एनसेलका केही प्रमुख कोसेढुङ्गाहरू रहेको दाबी एनसेलको छ।
वार्षिक उत्सवकै अवसरमा हामी तपाईंकै लागि थिम अनुरुप एनसेलले आफ्नो सीईओ जाब्बोरको इन्स्टाग्राम खाता २लअभििअभय खोलेको र सो खातामार्फत सर्वसाधारणले सीईओसँग सिधै सम्पर्क गर्न सक्ने घोषणा पनि गरेको छ।
एनसेलका सीईओको इमेल मार्फत पनि सीईओसँग कुनै गुनासाहरु भए सिधै राख्न सकिने छ । यसरी आफ्नो सीईओसँग ग्राहकको सिधै पहुँच सुनिश्चित गराउने एनसेल नेपालको सम्भवत पहिलो कर्पोरेट हाउस हो ।
“ग्राहकहरूले मसँग सीधै सम्पर्क गर्न सक्छन् र यसरी सम्पर्कमा आउने ग्राहकहरुका कुराहरु सम्बोधन भए नभएको हाम्रो सम्बन्धित टोलिले सुनिश्चित गर्नेछ । यसले ग्राहकको अनुभवलाई अझ सुधार गर्नुको साथै थप विश्वास र पारदर्शिताको संस्कृति निर्माण गर्न योगदान गर्नेछ,” जाब्बोरले भने ।
हामी तपाईंकै लागि थिम अन्तर्गत १८औं वार्षिकोत्सवको अवसरमा अन्य कार्यक्रमहरुको पनि आयोजना गरिने जनाइएको छ। मानव विकास सूचकांक न्यून भएका क्षेत्रमा स्वास्थ्य शिविर, रक्तदान, वृक्षारोपण, लैनचौर मैदानमा मैत्रीपूर्ण फुटबल खेल, ग्राहकहरुसँग अन्तरक्रिया गर्न सेलिब्रेटीहरुको एनसेल सेन्टरहरुमा भ्रमण लगायतका कार्यक्रमहरु आयोजना गरिनेछन् ।
आइतबार (सेप्टेम्बर १७) कै दिन एनसेल व्यवस्थापनका उच्चपदस्त अधिकारीहरु र अन्य कर्मचारीहरु ग्राहकहरूसँग अन्तरक्रिया गर्न र उनीहरूको माया र निरन्तर सहयोगका लागि व्यक्तिगत रूपमा धन्यवाद दिन देशका विभिन्न भागमा रहेका एनसेल सेन्टरहरू र पोइन्ट अफ सेल्सको भ्रमण गरेका छन्।
प्रतिक्रिया दिनुहोस्