नामियामा अधिकांश पदाधिकारी सर्वसम्मत, उपाध्यक्ष र सदस्यमा निर्वाचन हुँदै 


काठमाडौँ । नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) काे आउँदाे कार्यसमितिका लागि अधिकांश पदाधिकारी सर्सम्मत भएका छन्। उपाध्यक्ष र सदस्य पदमा भने निर्वाचन हुने भएकाे हाे।

नामियाकाे आगामी असाेज ५ गते हुने वार्षिक साधरणसभा तथा अधिवेशनमा कार्यसमितिकाे निर्वाचनका लागि निर्वाचन समितिले मंगलवार उम्मेद्वारकाे अन्तिम नामावली प्रकाशन गरेकाे छ।

अध्यक्ष पदमा एस.के.टी. नेपाल प्रालिका कृष्ण शर्माकाे मात्र उम्मेद्वारी परेकाले सर्वसम्मत भएका छन्। यसैगरी महासचिवमा जी सेभेन एग्रिकल्चर प्रालिमा अर्जुन प्रसाद लुइँटेल, सचिवमा एग्री इन्पुट प्रालिका गाैरव श्रेष्ठ र काेषाध्यक्षमा सलाेम एग्रिकल्चर प्रालिका श्रीकृष्ण अधिकारी सर्वसम्मत भएका हुन्। 

उपाध्यक्षमा भने आर एण्ड डी शाेलुसनकी प्रालिकी सुनिता न्हेमाफुकी र ए एम सी इन्जनियरिङ साेलुसन एण्ड डेभलपर्स प्रालिका सविन्द्र निवास त्रिपाठीकाे उम्मेद्वारी परेपछि निर्वाचन हुने भएकाे छ।

सदस्य पदका लागि पनि निर्वाचन हुने भएकाे छ । सदस्यमा राजेन्द्र जंग रायमाझी, गौतम महर्जन, सन्तोष कुमार श्रेष्ठ, सक्कल थापा, रोशन प्रसाद ढकाल, सकुन्तला कुमारी सुवेदी, पुस्कल गिरी, हरि खरेल, गणेश प्रसाद वस्याल र सूर्य गौतमले उम्मेदवारी दर्ता गराएका छन् ।

नामियाकाे अधिवेसन पाेखरामा हुने कार्यक्रम तय भएकाे छ। हाल खेाजराज कटुवालकाे नेतृत्वकाे कार्यसमितले अधिवेशनकाे आयाेजना गर्दैछ भने पाेखरा साधारणासभा तथा अधिवेसनले हाल महासचिव रहेका शर्माकाे नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्नेछ।