नेदरल्याण्डका राजाद्धारा देशमा गरिबी रोक्न आह्वान


काठमाडौँ । नेदरल्याण्डका राजा विलेम अलेक्जेण्डरले अर्को आम संसदीय चुनावको करिब दुई महिना अगाडि देशमा गरिबीको वृद्धि रोक्न ध्यानाकर्षण गराएका छन् ।

नेदरल्याण्डलाई बाहिरबाट हेर्दा सार्वजनिक सेवा राम्रो र बलियो भएको देशका रुपमा चिनिने भन्दै उनले अर्थव्यवस्था आकर्षक भएको देश नेदरल्याण्ड रहेको बताए।

डच केन्द्रीय तथ्याङ्क ब्युरोले बढ्दो मुद्रास्फितीको परिणामस्वरुप डच जनसङ्ख्याको क्रयशक्ति गत वर्ष २०२२ को तुलनामा १।२ प्रतिशतले घटेको बताएसँगै राजाको यो सन्देश आएको हो । जुन नेदरल्याण्डमा ४० वर्षमा सबैभन्दा ठूलो गिरावट हो ।