सेयर बजार ७.३८ अंकले घट्यो, कारोबार ३ अर्ब ८८ करोड



काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ । नेप्से परिसूचक ७।३८ अंकले घटेर २ हजार ६२१.२९ विन्दुमा झरेको हो । यो अघिल्लो कारोबार दिनको तुलनामा ०.२८ प्रतिशतको गिरावट हो ।

बजार घटेसँगै कारोबार रकम भने ३ अर्ब ८८ करोड ७५ लाख रुपैयाँ पुगेको छ । दिनभर ३९ हजार ९६६ वटा कारोबारमार्फत १ करोड ६ लाख २ हजार ४६८ कित्ता सेयर किनबेच भएका छन् । यस दिन कुल ३५२ वटा कम्पनीका धितोपत्र कारोबारमा आएका थिए ।

कारोबार भएका कम्पनीमध्ये १८१ वटाको सेयर मूल्य घटेको छ भने ८९ वटाको मूल्य बढेको छ । त्यस्तै, ९ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन ।

कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंक शीर्ष स्थानमा रहेको छ । बैंकको २० करोड २२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

त्यस्तै, लक्ष्मी सनराइज बैंकको १४ करोड ८१ लाख, रिडी पावरको ११ करोड ३ लाख, एसजीएचसीको १० करोड ८६ लाख र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १० करोड ४९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

नेप्सेको तथ्यांकअनुसार कुल बजार पुँजीकरण ४५ खर्ब १२ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, फ्लोट बजार पुँजीकरण १५ खर्ब ४३ अर्ब ३१ करोड रुपैयाँ रहेको छ ।