नेप्सेमा १९ अंकको गिरावट


काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से परिसूचक १९.४२ अंकले घटेर २०१०.३५ अंकमा पुगेको छ ।

नेप्सेमा कारोबार भएका १३ वटा उपसमुहमध्ये १२ वटा उपसमुहको सेयरमूल्य घटेको छ भने बाँकी एउटा उपसमुहको सेयरमूलय बढेको छ ।
आइतबार कारोबार रकमका आधारमा माछापुच्छ्रे बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । कम्पनीको १३ करोड २४ लाख ९८ हजार ९ सय ५० रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै आज नेप्सेमा स्वरोजगार लघुवित्त, हिमालयन लघुवित्त, एसियन हाइडोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। यी तीनै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै शुभम् पावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।
कुल २८५ कम्पनीको ९ लाख ३ हजार ९ सय ४१ कित्ता सेयर किनेबच हुँदा २ अर्ब ३२ करोड ६८ लाख ९५ हजार २ सय ६ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।