महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट


काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानमा रहेका संस्थासँग सम्झौता गरेको छ । बैंकले स्वास्थ्य, श्रृगार र होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको जनाएको छ ।

बैंकका ग्राहकहरुले ललितपुर धापाखेलमा रहेको सुमेरु अस्पताल, भैरहवा सिद्धार्थनगरमा रहेको एसियन बुद्ध होटल, तनहुँको आँबुखैरेनीमा रहेको मल्ल फेन्सी, मकवानपुर हेटौंडामा रहेको रिसु ब्यूटीपार्लर र काठमाडौँ बाँसबारीमा रहेको ब्यूटीफुल कलेसन छुट पाउने जनाइएको छ ।

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।