एपीआई सम्बन्धी कार्यविधि पारित, आईपीओमा आवेदन दिँदा बैंक खातामा पैसा नभए तत्कालै रिजेक्ट हुने


काठमाडौं । नेपाल धितोपत्र बोर्डले एपीआई सम्बन्धी कार्यविधी पारित गरेको छ । बोर्डले एपीआईसम्बन्धी कार्यविधि पारित गर्दै खातामा पैसा नभए आइपीओ भर्न नपाउने व्यवस्था गरेको हो ।

यो कार्यविधि कार्यान्वयनमा आएपछि यदि खातामा पैसा नभएको खण्डमा आइपीओ भर्न नमिल्लने सिडिएससी एण्ड क्लियरिङ लिमिटेडका सिइओ पूर्णप्रसाद आचार्यले बताए ।

उनका अनुसार एपीआई कार्यान्वयनमा आएपछि लगानीकर्ताले आइपीओमा आवेदन दिँदा खातामा पैसा छ भने भेरिफाइ र छैन भने तुरुन्तै रिजेक्ट हुन्छ ।

सीडीएससीको डाटासँग इन्ट्रिग्रेसन गर्ने (बैंक, ब्रोकर, मर्चेन्ट बैंकलगायत)हरुले यो व्यवस्था लागू गर्न सक्छन् आचार्यले भने ‘धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा मेम्बरहरुलाई चाहिने डाटा अब एपीआईमार्फत दिइनेछ, यसका लागि उनीहरुले पनि प्रणाली विकास गर्नुपर्छ।’

हामीले एपीआइ दिइ सकेपछि उनीहरुले सिआस्वाबाट सेयर भर्दा तुरुन्तै भेरिफाइ गर्न सक्छन् । तर यसका लागि बैंकले सिस्टम डेभलप गर्नुपर्ने सिइओ आचार्यले बताए ।

‘नयाँ सुविधा आएको होइन, भएको डाटा तुरुन्तै उपलब्ध गराउने हो’ आचार्यले भने, ‘यो एपीआई रियल डाटामा एक्सेस दिने भनेको हो।’

यसअघि लामो समयसम्म आवेदन भेरिफाइड भयो कि भएन थाहा हुने थिएन । जसले गर्दा आवेदन बढी रद्द हुने गरेको थियो । एपीआई कार्यान्वयनमा आएपछि त्यो समस्या समाधान हुने आचार्यको भनाइ छ ।