पोखरा । विश्व पर्यटन दिवस-२०२३ को अवसरमा पोखरा महानगरपालिका वडा नं. १७ मा रहेको गुप्तेश्वर महादेव गुफाले पहिलो विदेशी पर्यटकलाई खादा मालाले सम्मान गर्दै स्वागत गरेको छ ।
गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण वास्तोलासहितको पदाधिकारी तथा सदस्यहरूले सबैभन्दा पहिला आउने भारतीय पर्यटकहरूलाई फुलमालाले स्वागत गरेका थिए ।
डा. सुरत ठाकुर, प्रो. रगजोध सिंह र प्रताप सिंह अरनोटले गुफामा रहेको आगन्तुक पुस्तिकामा आफुहरूलाई सबैभन्दा पहिला पुगेको अवसरमा बिहानै स्वागत गरेको कहिलै नविर्सने भन्दै विशेष धन्यवाद व्यक्त गरेका छन् ।
पोखरा र गण्डकी प्रदेशकै सबैभन्दा धेरै पर्यटक घुम्न मन पराउने पर्यटकीय स्थान गुप्तेश्वर महादेव गुफामा कोरोनाले पनि असर गरेकोमा अहिले धेरै राम्रो हुँदै गएको गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण वास्तोलाले वताए ।
प्रतिक्रिया दिनुहोस्